नेपालगन्ज, १६ असोज । नेपालगन्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी नेपालगन्जमा सद्भाव र्याली निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सद्भाव ¥याली आयोजना गर्ने निर्णय गरे अनुसार सद्भाव र्याली निकालिएको हो ।
सद्भाव समितिको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको सद्भाव र्यालीमा राजनीतिक दल, धर्मगुरु, नागरिक समाज एवम् नागरिकहरूको सहभागिता थियो ।
बिपी चौकबाट निस्किएको ¥याली धम्बोझी पुगेर समापन भएको थियो । नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्याली निकालिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।
नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायवीच कुनै किसिमको द्वेष नरहेको सन्देश दिन सद्भाव र्याली निकालिएको प्रजिअ आचार्यको भनाई छ ।
तपाईको प्रतिक्रिया