काठमाडौँ, १६ असोज । नेपालका लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराजले क्रिकेटमा नेपालको भविष्य राम्रो भएको बताएका छन् ।
चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत मंगलबार क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएसँगै महाराजले सो प्रतिक्रिया जनाएका हुन् ।
उनले भारतसँग नेपालले उत्कृष्ट खेलेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भारत सँग २३ रनको मात्र अन्तर भनेको नेपाली क्रिकेट टिमले गरेको निरन्तरको उत्कृष्ट प्रदर्शन नै हो । हाम्रो भविष्य निकै उज्ज्वल छ । उत्कृष्ट खेलका लागि धन्यवाद टिम नेपाल।’
साथै आराध्य देव भगवान पशुपतिनाथले सम्पूर्ण खेलाड़ीलाई अझै शक्ति, ऊर्जा र सु–स्वास्थ्य प्रदान गरुन् भनी प्रार्थना समेत गरेका छन् ।
१९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमान जीतसहित ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।
तपाईको प्रतिक्रिया