विश्व पशु दिवसमा सामुदायिक कुकुर, बिरालोलाई रेविज विरुद्धको खोप

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १७ असोज । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले विश्व पशुपन्छी दिवस सामुदायिक कुकुर, बिरालोलाई रेविज विरुद्धको खोप र परजिवी नियन्त्रण कार्यक्रम आयोजना गरी मनाएको छ ।

पशुपन्छीले भोक प्यास मेटाउन पाउने स्वतन्त्रता, दुख दर्द, घाइते र रोग लाग्नबाट बच्न पाउने स्वतन्त्रता, आरामदायी ढंगले जिउन पाउने स्वतन्त्रता, सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रता र डर त्रास र तनावबाट मुक्त रहन पाउने स्वतन्त्रतासहित पशुपन्छीले पनि बिमारी हुँदा उपचार पाउनु पर्छ ।

यी सबै कुरा पशु अधिकार भित्र पर्छन् । त्यसैले आज विश्व पशुपन्छी दिवसको अवसरमा सहयोगी पाईला नामक गैरसरकारी संस्थाको सहयोगमा सामुदायिक कुकुर, बिरालोमा रेबिज विरुद्धको खोप र परजिवी नियन्त्रण कार्यक्रम आयोजना गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताए ।

सन् १९२५ अर्थात् लगभग ९३ वर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै प्रथम पशु दिवस मनाएका हुन् ।
सन् १९२९ बाट औपचारिक रुपमै अक्टोवर ४ मा यो दिवस मनाउन थालियो । यस दिवसमा इटालियन सन्त अफ एसिसीको जन्म दिन पनि पर्न गएको हो । यी सन्तलाई ११औ शताब्दीबाट अहिलेसम्म पर्यावरण र पशु मैत्री समाज प्रवर्तक र प्रचारकका रूपमा चिनिन्छ ।

हरेक वर्ष अक्टोवर महिनाको ४ तारीखमा विश्वभरि पशु दिवस मनाइन्छ, अनि पशुसँगको मानवीय दायित्व र सम्बन्धलाई अन्त्रनिभर्तासँग व्याख्या गरिन्छ ।

मानव अनि पशुहरु सबैका लागि यो संसार एउटा राम्रो ग्रह हुनुपर्छ भनेर आज पशु अधिकार संगठन र पशु अधिकारकर्मीहरु एकै थलोमा भेला भएर पशु अधिकारका लागि वकालत गर्ने गर्छन्, भन्छन् प्रमुख ढकाल ।

 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ