काठमाडौँ, १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीहरुको बैठक दोस्रो पनि जारी रहेको छ ।
लोसपा गठनको दुई वर्षपछि केन्द्रीय समिति गठन भएको थियो । नवगठित केन्द्रीय पदाधिकारीहरुको बैठक मंगलबारदेखि भएको हो ।
आज बुधबारसम्म चल्ने बैठकमा संगठन निर्माण, समसामयिक राजनीतिक अवस्था लगायतको विषयमा नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
बैठकको पहिलो दिन लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, सचिव मनिष मिश्र, मुकेश झा लगायत २५ जना नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
दोस्रो पनि पदाधिकारीहरुले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको सचिव मनिष मिश्रले बताएका छन् ।
सचिव मिश्रका अनुसार बैठकमा शीर्ष नेताहरुले नेताहरुलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या ठूलो बनाइएको र यसलाई महाधिवेशनमार्फत छोटो छरितो बनाइनेछ ।

तपाईको प्रतिक्रिया