घुँडाको निःशुल्क प्रत्यारोपण

समाचार

रुपन्देही । खर्चिलो उपचारका रूपमा रहेको घुँडाको निःशुल्क प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।

थाइल्यान्डका बौद्ध ध्यानगुरु धर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किरातीसि वानिचको पहलमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर गरिएको छ ।

सिद्धार्थ सिटिनगर हस्पिटल भैरहवासँग सहकार्य गरी थाइल्याण्डको सिरीराज हस्पिटलका प्रोफेसर डा. किराती सिको नेतृत्वमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको प्रत्यारोपण गरे ।

निकै महँगो र खर्चिलो उपचारका रूपमा रहेको घुँडाको प्रत्यारोपण बुद्ध जन्मस्थल लुम्बिनी र यसआसपासका बिरामीलाई केन्द्रित गरी निःशुल्क रूपमा गरिएको छ ।

बुधबार एक कार्यक्रमबिच घुँडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीको उत्साहका लागि आयोजित कार्यक्रममा नेपालमा आधुनिक प्रविधिमार्फत घुँडाका बिरामीलाई निःशुल्क उपचार गरेकोमा धन्यवाद दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ