सर्पको डसाइबाट दुईको मृत्यु

समाचार

कपिलवस्तु । बाणगंगा नगरपालिकामा सर्पले डसेका दिदीबहिनीको मृत्यु भएको छ ।

नगरपालिकाको वडा ९ का तीन वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मंगलवार राति सर्पले डसेको परिवारजनले जनाएको छ । रीतिकाको बुधवार बिहान मृत्यु भएको थियो भने इशिकाको बुधवार साँझ ६ बजे मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ