अर्थ व्यवस्था चा“डै लयमा फर्किन्छ : अर्थमन्त्री

समाचार

जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थ व्यवस्था चाँडै लयमा फर्किने बताएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले धेरै समस्याहरु अर्थतन्त्रमा देखिए पनि ती समस्याहरु विस्तारै समाधान हुँदैगएको दाबी गरेका हुन् । उनले अर्थ व्यवस्था विस्तारै लयमा फर्किने बताए ।

उनले कोभिडपछि समस्यै समस्या देखाएर अन्तर्राष्ट्रियस्तरमा वाताबरण बिगार्ने काम मात्रै भएको भन्दै त्यस्तो चिन्ताजनक अवस्था नरहेको बताए ।

उनले विनियोजित बजेटलाई पनि समयमै खर्च गर्न मन्त्रालयले सबैलाई भनिसकेको भन्दै समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

उनले सकारात्मक दिशामा देश अघि बढेको र यसले सकारात्मक परिस्थिति अन्तर्राष्ट्रिय तहमा बन्दै गएकाले लगानी गर्ने वातावरणको निर्माण भएको बताए ।

अर्थमन्त्री महतले कोभिडको समयमा उदार मौद्रिक नीति अपनाएर बैंकहरुले सस्तो दरमा क्रृण प्रवाह गरेको र अहिले क्रण तिर्नेबेला मौद्रिक नीति टाइट भएपछि व्यवसायीलाई समस्या आएको बताए । सरकारमाथि आन्तरिक र बाहय लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ