नारायणी अस्पतालको १३१औं स्थापना दिवस मनाइयो

समाचार

वीरगन्ज । वीरगञ्जको नारायणी अस्पतालको १३१ औं स्थापना दिवस मनाइएको छ ।

स्थापना दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आउँदो तीन महिनाभित्रमा वीरगञ्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले विशेषज्ञसँग छलफल सकिएकाले आवश्यक प्रक्रिया पूरागरी तीन महिना भित्रमा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्रालयले मधेशको आठै जिल्लाका जनतालाई विशेषज्ञ सेवा दिने उद्देश्यसाथ मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने तयारी भएको पर्साको वीरगन्जमा अवस्थित नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्री बस्नेतले स्पष्ट पारे ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना महानगरले निर्माण गरिदिने घोषणा गरेकोमा मन्त्री बस्नेतले नगरप्रमुख सिंहप्रति आभार व्यक्त गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा देखिएका बेथितीहरु विस्तारै सामाधान गर्दै लगिएको र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुको पहिचान गर्दै उनीहरुउपर कानुनी कारवाहीको प्रक्रिया सुरु गरिसकिएको बताउँदै उनले सो घटनामा केही सुरक्षाकर्मीमाथि पनि कारवाही प्रक्रिया अघि बढाइसकिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ