छात्रछात्रा पुरस्कृत

समाचार

रौतहट । बालविवाह न्यूनीकरणसम्बन्धी मधेश प्रदेशस्तरीय भिडियो प्रतियोगितामा प्रथम स्थान ल्याउने रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरी निवासी छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।

आरसिएफएम परियोजना अन्तर्गत सञ्चालित बालविवाह न्यूनीकरण भिडियो प्रतियोगितामा सहभागी मत्सरी बालक्लबका छात्रछात्रालाई दुर्गाभगवती गाउँपालिका–३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले एक कार्यव्रmमबिच ११ हजार नगद पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा मधेश प्रदेशका छ वटा पालिका सहभागी थिए । प्रतियोगितामा प्रथम स्थान ल्याई गौरवान्वित बनाएकोमा सहभागी छात्रछात्राको मनोबल उच्च बनाउने उद्देश्यसहित पुरस्कृत गरिएको वडाध्यक्ष झाले बताए ।

यसै गरी संस्कृत माध्यमिक विद्यालय मत्सरीबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दुई जनालाई शकुन्तला स्मृति छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ ।

शकुन्तला स्मृति छात्रवृत्ति पुरस्कारका संस्थापक एवं संस्कृत माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक सुन्दरदेव झाले एसइईमा उत्कृष्ट अङ्क ल्याउने सालुकुमारी चौधरी र अनामिकाकुमारी मिश्रलाई जनही साढे सात हजार रुपियाँ पुरस्कार प्रदान गरे ।

पूर्वप्रधानाध्यापक झाले आफ्नी स्वर्गीय श्रीमती शकुन्तला देवीको नाममा छात्रवृत्ति पुरस्कार स्थापना गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ