काभ्रे । नेपालका लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष संतोषानन्द महाराजले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार पार्टीको काभ्रे जिल्ला कार्य समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै महाराजले ०६२/०६३ को परिवर्तन पछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ ले मुलुकलाई गति दिन नसकिने दाबी गरेका हुन् ।
अब राजा सहितको प्रजातन्त्र, सर्ब धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु अधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आवश्यक रहेको जिकिर गर्दै महाराजले मुलुकमा कायम धर्म–निरपेक्षता खारीजी,भ्रष्टाचार, बेथिति, गौ हत्या, धर्म परिवर्तन, संघीयता खारिज गर्न र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए । संगठन निर्माणसँगै आन्दोलनको व्यापक तयारीमा जुट्न समेत महाराजले आग्रह गरे।
मुलुकमा रहेको ब्रह्मलुटको अन्त्य र प्रमुख दलका केही प्रमुख नेताहरूको सिन्डिकेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए ।
हिमाल पहाड़ तराई मधेस लाई जोड़न र अब मुलूक बचाऊँनको लागी सनातन हिन्दु अधिराज्यको विकल्प नरहेको महाराजले बताए।कार्यक्रममा नेपालका लागी नेपाली पार्टीका संरक्षक धर्मपाल गुरु वशिष्ठ, उपाध्यक्ष पिंकी महासेठ, महामन्त्री दीपक महाराज आत्रेय, पूर्व महामंत्री सागर खड़का, प्रमुख सचिव मुकुंद दहाल,केन्द्रीय सदस्यहरु महेश्वर बाबा,राजदेवी माता,पूर्व केन्द्रीय सदस्यहरु बिशनु सापकोटा, सीता सिगदेल, काभ्रे जिल्ला संयोजक रमेश गिरी, धार्मिक अगुवा स्वामी धर्मानंद सहितकाले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया