काठमाडौं । सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक यही असोज १८ गते पोखरामा सम्पन्न भएको छ ।
भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुङ्गानाले गरेका थिए ।
दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागिता रहेको थियो ।
उक्त बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदान जस्ता विविध विषयवस्तुमा छलफल भएको थियो ।
द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य प्रवद्र्धन हेतु सन् २००३ मा स्थापना गरिएको यो भारत–नेपाल द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो ।
तपाईको प्रतिक्रिया