बिग मार्टमा आगलागी हुँदा करोडौंको क्षति

समाचार

जनकपुरधाम, २१ असोज । जनकपुरधामस्थित जनकपुर बिग मार्टमा शनिबार राति आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित बिग मार्टमा अकस्मात् लागेको आगो आइतबार बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको हो । सो आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ