महिलाको हत्या अभियोगमा युवक पक्राउ

समाचार

पर्सा, २१ असोज । वीरगंज महानगरपालिका–१ छप्कैया बस्ने भारत विहार सितामढी नरहा ग्राम घर भएकी ४० वर्षीया पुनम देबीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सोही महानगरपालिका–१ छप्कैया बस्ने २५ वर्षीय ईमरान मियालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै कोठामा सुतेको अवस्थामा टाउकोमा चोट लागी गम्भीर अवस्थामा शुक्रबार बिहान फेला परेकी पुनमको नारायणी अस्पताल हुँदै नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा पुनमको हत्यामा मियाको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले पक्राउ गरेको हो ।

उक्त दिन लागूऔषध प्रयोग गर्नको लागि चोरी गर्ने उद्देश्यले पुनमको घरभित्र प्रवेश गर्दा पुनम चिच्याएपछि फलामको छड प्रहार गरी भागेको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ