मोरङ, २१ असोज । विराटनगर महानगरपालिका–१४ यादव टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो ६० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका–८ बस्ने २५ वर्षीय बिबेक राय र सोही ठाउँ बस्ने २२ वर्षीय सुरज राय रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई बोरामा गाँजा बोकी नेपालबाट भारतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया