पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा इजरायल घटनाप्रति दुःख व्यक्त

समाचार

काठमाडौं, २२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा परि मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् ।

उनको सम्वाद सचिवालयले एक विज्ञप्ति जारी गरी यस्तो विषम परिस्थितिमा रहेका नेपालिको उपचार, उद्दार र नेपाल फर्काउने कार्यमा तत्परता देखाउन र कुटनैतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बाद सचिवालयद्वारा जारी विज्ञप्तिः

सम्पूर्ण श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गहिरो दुःख क्यक्त

हालै इजराईलमा भड्किएको दुई पक्षीय युद्धमा परि १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको र अरु कयौं घाइते भएकोमा हामीलाई गहिरो दुःख लागेको छ । अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हजारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा हामीलाई गम्भिर चिन्ता लागेको छ । यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नु पर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ हाल्नु पर्ने आवश्यकता रहेको हामीले महशुस गरेका छौं । आजको दुनियाँमा कहिं पनिं द्धन्द र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनु पर्ने हाम्रो धारणा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ