पर्सा, २२ असोज । वीरगंज महानगरपालिका–२५ मोजे सिर्सियास्थित सडकमा प्रदेश २–०३–०१७ प ६९७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–१ छपकैया बस्ने २४ वर्षीय रमन पटेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया