पोखरीमा डुबेर बालिकाको मृत्यु

समाचार

पर्सा, २२ असोज । वीरगंज महानगरपालिका–२४ रामगढवास्थित सार्वजनिक पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सोही ठाउँस्थित खाली जग्गामा त्रिपाल टांगी बसी काम गरी खाने भारत मोतिहारी ग्राम पञ्चायत ढांका–९ पुर्वी चम्पराण चैनपुर घर भएका सावन कुर्मीकी छोरी ७ वर्षीया कासमिरी कुर्मीको आइतबार दिउँसो मृत्यु भएको हो ।

सो पोखरीमा घोगी टिप्ने क्रममा डुबेर अशक्त भएकी उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उनीसँगै घोगी टिप्न गएकी डुबेर अशक्त अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ