पोल्ट्री फार्ममा आगलागी हुँदा तीन करोडको क्षति

समाचार

नवलपरासी पश्चिम, २२ असोज । बर्दघाट नगरपालिका–१४ गंगाबस्तीस्थित पोल्ट्री फार्ममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

कास्की पोखरा महानगरपालिका–१७ बस्ने पवन नेपालको सफल पोल्ट्री ब्रिडिङ फार्म प्रालिमा विद्युत सर्ट भई आइतबार राति आगलागी भएको थियो ।

आगलागी हुँदा हेचरीमा प्रयोग हुने डवल सेटर ह्याचर ४ थान, डवल ह्याचर ४ थान र डिजिटल सेटअप ८ थान पूर्णरूपमा जलेर करिब ३ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ