कमल राज पौडेल देवकमल, बर्दिया, २३ असोज । जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत दुर्गा प्रसाईं माथि भएको दुर्व्यवहारका विरुद्ध राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महाअभियान बर्दियाका संयोजक सहादत गद्दीको नेतृत्वमा अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
अभियन्ता प्रसाईंलाई असोज २२ गते होटेल ऐलो पेगोणा काठमाडौंमा पत्रकार सम्मेलन गरिरहेको अवस्थामा नेकपा (एमाले) निकट युवा संघका केहि युवाहरूले कालो मोसो दल्ने र हातपात गरेको हुँदा महाअभियानले गम्भीर ध्यानाकर्षण गराउदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको अभियन्ता रंजित बिक्रम शाहले बताए ।
‘नेपालमा रहेका सम्पूर्ण बैंक, सहकारी, लघुवित्तिय, बितिय संस्था र इन्स्योरेन्स कम्पनीहरु जम्मा ५५ जना ब्यापारी र १० जना नेताको कब्जामा रहेको सर्वबितितै छ । सिमित सामन्तको हातमा राज्य र राज्यको सम्पुर्ण आर्थिक क्षेत्र कब्जामा रहि देशमा रहेको पैसा बिदेशी मुलुक दुबई सिंगापुर र अमेरिका लगाएत थुप्रै देशहरुमा लगि देश खोक्रो बनाएको सबैलाई जानकारी भइसकेको छ । यिनै सामन्तहरुको विरुद्धमा सर्वहारा वर्ग भुइँ मान्छे र मध्यम वर्गका ब्यापारीहरुलाई आत्महत्या बाट जोगाउन हिड्नु भएका राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ महाअभियानका अभियन्ता दुर्गा प्रसाईंलाई नेकपा ( एमाले ) निकटको युवा संघले कालो मोसो दल्ने र हातपात गर्ने कार्यको घोर भत्सर्ना गर्दै दोषीहरुमाथि छिटोभन्दा छिटो कडा कार्यवाही गर्न माग गर्छौं,’ ज्ञापनपत्रमा संयोजक गद्दीले उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया