नेपालगन्जको निषेधाज्ञा हटाइयो

समाचार

नेपालगन्ज, २३ असोज । अवस्था सामान्य बनेपछि नेपालगन्जको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको छ ।

विगत एक सातादेखि लगाइँदै आइएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको जनाइएको छ ।

अघिल्लो मङ्गलवार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि भने केही दिन यता दिउँसोको समयमा निषेधाज्ञा र राती कर्फ्यु लाग्दै आएको थियो ।

हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले असोज १६ गते दिउँसोदेखि केही दिन अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बनेको छ ।

दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यु आदेश जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ