एमाले मधेश प्रदेशको अधिवेशन तयारी पूरा

समाचार

जनकपुरधाम, २३ असोज । नेकपा एमालेको जनकपुरधाममा बुधबारदेखि हुन लागेको मधेश प्रदेशको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

पहिलो पटक आयोजना हुन लागेको एमालेको प्रदेश अधिवेशनको तयारीको विषयमा प्रेस चौतारी नेपाल धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको छ ।

प्रदेश अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको प्रदेश अधिवेशन तयारी समितिका संयोजक एवं पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

मधेश अधिवेशनमा ८ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गिय सङ्गठन सहितका निकायबाट गरेर १ हजार २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रदेश अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयं सेवक परिचालन सहितको सम्पूर्ण कार्य पुरा भएको जानकारी दिइएको छ ।

प्रदेश अधिवेशनलाई भव्य समारोहका बीचमा जनकपुरधामकाृे महेन्द्र नारायण मिथिला संस्कृति भवनमा पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव तथा अन्य नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक नेकपा एमालेले ७ वटै प्रदेशमा प्रदेश अधिवेशन गरिरहेको र त्यसमा मधेश प्रदेशमा अन्तिम अधिवेशन हुन लागेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ