बाँके, २४ असोज । जिल्लाको खजुरा गाउँपालिकाबाट ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।
खजुरा गाउँपालिका–६ सिमलघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।
यसैगरी सोही गाउँपालिका–६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया