कृषकहरुलाई मोटर र पम्पिंङ्ग सेट वितरण

समाचार

महोत्तरी, २४ असोज । जिल्लाको मटिहानी नगरपालिकाका कृषकहरुलाई मोटर र पम्पिंङ्ग सेट वितरण गरिएको छ ।

पालिकाको वडा नम्बर १ देखि ९ सम्म करीब ३० जना कृषकहरुलाई स्यालो ट्यूबेल जडान गरी उनीहरुलाई मोटर र पम्पिंङ्ग सेट मटिहानी नगरपालिकाको ४५ लाख ४८ हजारको लागतमा वितरण गरिएको कुरा पालिकाका प्राविधिक बिमलेश साहले बताएका छन् ।

यसैबीच सो सामग्रीहरु एक कार्यक्रम बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गरेका हुन् ।

सो अवसरमा नगर प्रमुख मण्डलले कृषकहरुलाई पालिकाको सहयोगमा वितरण गरिएको कृषि सिचाई सामग्रीबाट राहत पुग्ने बताए ।

नगरपालिकाको ८५ प्रतिशत र कृषकको १५% लागत सहयोगमा जडान गरिएको स्यालो ट्यूबेल बोर्डिंगबाट १ सय ५० विघा कृषि क्षेत्रको जग्गा सिंचित हुनेछ ।

कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा अध्यक्षहरु शिवशंकर कुमार राय, कलीम अंसारी, अब्दुल गफार राईन, योजना अधिकृत राजेश कुमार शर्मा सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ