धनगढी, २५ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा जैशीसहित पाँचै जना पदाधिकारी सर्वसम्मत चयन भएका छन् । यस्तै प्रदेश उपाध्यक्षमा काली बहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिव (खुला) नरबहादुर बिक र उपसचिव (महिला) मा भागरथी बिष्ट तिमिल्सेना निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै लेखा समिति अध्यक्षमा राजेन्द्रसिंह सामान्त सहित उपाध्यक्ष, सचिव र २ जना सदस्य निर्विरोध निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।
यसअघि प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवारहरूले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एमाले प्रदेश पदाधिकारीहरू निर्विरोध चयन भएका हुन् ।
तपाईको प्रतिक्रिया