यात्रु सहायता कक्ष स्थापना

समाचार

कपिलवस्तु, २५ असोज । चाडपर्वमा आवतजावत गर्ने यात्रुलाई सहयोग गर्नका लागि कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले गत शनिबारदेखि कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा र तौलिहवामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अनिष भण्डारीले दसैँतिहारमा घरमा आउने र जाने यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पु¥याउन र नागरिकमा पर्ने समस्यामा सहयोग गर्न कक्ष स्थापना गरिएको बताए ।

यात्रुको बढी भिडभाड र आवतजावत हुने प्रमुख चोक र बसपार्कमा सहायता कक्ष स्थापना भएको छ ।

चाडपर्वका बेला क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडाभन्दा धेरै असुल्ने, मापसे तथा लापसे गरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्ने व्रिmयाकलाप निरुत्साहित हुने भण्डारीले बताए ।

दसैँमा यात्रुको चाप बढी हुने भएकाले यात्रुलाई सहजीकरण गर्ने गरी सहयोग गर्ने प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

ट्राफिक प्रहरी नायब निरीक्षक राघवसिंह रावलले नेपाल–भारत सीमामा रहेको कृष्णनगर नाका हुँदै घर फर्किनेको चाप अत्यधिक हुने भएकाले सहायता कक्षमा विशेष चासो हुने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ