नगरपालिकाद्वारा निःशुल्क अटोरिक्सा सञ्चालन

समाचार

रुपन्देही, २५ असोज । जिल्लाको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीलाई लक्षित गर्दै निःशुल्क अटोरिक्सा सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले तिलोत्तमा शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने–आउने सेवाग्राहीका लागि निःशुल्क अटो सञ्चालनमा ल्याएको हो ।

निःशुल्क अटोरिक्साको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटोरिक्साको साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाई हस्तान्तरण गरेर शुभारम्भ गरेका छन् ।

नगरप्रमुख खाणले भौतिक र मानवीय विकास मात्र नभई नगरवासीलाई पनि सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको बताए ।

नगरपालिका र सेवाग्राही एक सिक्काका दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्म सेवाहरू नगरबासीलाई प्रदान गर्ने उनको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटरभित्र भएकाले सेवाग्राही नगरपालिकाले सेवा लिन आउँदा दुःख भएपछि अटोरिक्सा सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ