चाडपर्व लक्षित पर्सामा विशेष सुरक्षा योजना

समाचार

वीरगन्ज, २५ असोज । चाडपर्वलाई लक्षित गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।

चाडपर्वमा सर्वसाधारणको सुरक्षा तथा सहजीकरणका लागि क्यूआरटी टोली, मोबाइल गस्तीदेखि यात्रु सहायता कक्षा र स्ट्राइकिङ्ग सहितका प्रहरी टोली परिचालन गर्ने भएको छ ।

विजयादशमी सहितका चाडपर्वमा चोरी र दुर्घटना लगायतका घटना भएको हुनाले विशेष सुरक्षा योजना तयार पारिएको पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।

फास्ट रिस्पोन्सका लागि क्यूआरटी अर्था क्वीक रिस्पोन्स टीम परिचालन गरिनेछ । सो क्युआरटी प्रहरीको टीम रहनेछ । दुर्घटना भए लगतै वीरगञ्ज माहानगरमा ५ मिनेट भित्र क्यूआरटी टोली पुग्नेछ ।

त्यसका अतिरिक्त मोबाइल टोली परिचालन गरिनेछ । क्यूआरटी टोलीबाट समस्या समाधान हुन नसके दोषी वा घटनामा संलग्न व्यक्तिलाई गाडीमा राखेर नजिकको प्रहरी चौकी वा जिप्रकामा ल्याउनेछ ।

चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै वीरगञ्जको बसपार्क, परवानीपुर चोक र भारतबाट नेपालको प्रवेश बिन्दु शङ्कराचार्यद्वार अगाडि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक शाहले बताए ।

पर्वको समयमा आफ्नो गन्तव्य तर्फ जाने यात्रुहरूले भोग्ने गरेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायता कक्षबाट हालसम्म सयौँ यात्रुले लाभ लिएको प्रहरी उपरीक्षक शाहले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ