संविधान मास्ने षड्यन्त्र भइरहेको छ : नेपाल

समाचार

कैलाली, २५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

समाजवादी जागरण अभियानअन्र्तगत १२औं दिन सुदूरपश्चिमको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले त्यस्तो संकेत गरेको बताए ।

उनले भने, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोशिस भइरहेको छ । त्यस्ता प्रयत्नहरुलाई हामीले असफल पार्नुपर्छ ।’ उनले जनताको बीचमा प्रेम, आपसी सद्भाव वृद्धि गर्नका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘यस्तो कुरामा सरकार सचेत रहोस् ।’ संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उनले बताए । उनले देशको सिमानाका बारेमा संयमित भएर बोल्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ