बाँके, २६ असोज । नेपालगंज उपमहानगरपालिका–११ गुरुद्वारस्थित सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने महाबुद जसगढको आलिया ट्रेर्डस फर्निचर पसलमा आगलागी भएको छ ।
विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा उक्त आगो फैलिएर सोही पसलको छेउमा रहेका अन्य ६ वटा पसलहरू समेतमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनु साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया