मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

समाचार

काठमाडौं, २७ असोज । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आ.व २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवास मा आयोजित एक विशेष समारोह बीच अध्यक्ष डा.दत्तले आयोगको पाचौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।

आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले गत आर्थिक वर्षमा आयोगमा प्राप्त उजुरीहरु मध्ये ९०.८ % उजुरी माथि आयोगले कारवाहीको लागि सिफारिस गरेको जनाएको छ ।

सो प्रतिवेदन मार्फत आयोगको नामको अगाडी “राष्ट्रिय“ शब्द थपेर राष्ट्रिय मधेशी आयोग राख्न आयोगले सिफारिस गरेको छ ।

आयोगले गाई–माइ को सुरक्षामा सरकारलाई गम्भीर हुन्, भ्रुण हत्याको अन्त्य गर्न, सामुदायिक विद्यालयका शिक्षकहरुलाई जिम्मेवार बनाउन, तराई–मधेश क्षेत्रमा आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको विकासको लागि आवश्यक रणनीति बनाउन, बाल सुधार गृहमा थप सुधारका कार्यक्रमहरु ल्याउन जस्ता महत्वपूर्ण सिफारिसहरु गरेको सो प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सरकार आयोगको सिफारिसहरु प्रति गम्भीर नहुनु चिन्ताजनक विषय रहेको बताएका छन् ।

सरकारको वेवास्ताले गर्दा मधेशी समुदायको सशक्तिकरणमा नकरात्मक असर परेको बताउदै अध्यक्ष डा.दत्तले सरकारको मधेशी समुदाय प्रति सकारात्मक सोच हुनु अत्यावश्यक रहेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ