आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

रौतहट, २७ असोज । परोहा नगरपालिका–३ तेजापाकडमा बस्ने शेख अबदुलाहको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ ।

उक्त आगो फैलिएर सोही ठाउँ बस्ने शेख मन्जारुलको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब ४ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ