काठमाडौँ, २८ असोाज । विश्व हात धुने दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले शुभकामना सन्देश जारी गर्दै साबुनपानीले हात धुँदा पखाला र निमोनियाको जोखिम कम हुनुका साथै गम्भीर रोग र अनाहकमा मुत्यु हुनबाट पनि जोगाउन सहयोग पुग्ने उल्लेख गरेका छन् ।
साबुनपानीले हात धुँदा इन्फ्लुएन्जा र कोभिड–१९ लगायत अन्य सङ्क्रमण र भाइरसको विस्तारलाई पनि रोक्ने उनले बताए ।
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो ।
जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो ।
तपाईको प्रतिक्रिया