वीरगन्ज बसपार्क यात्रु सहायता कक्ष स्थापना

समाचार

वीरगन्ज, २८ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगन्जको बसपार्कमा “यात्रु सहायता कक्ष” स्थापना गरेको छ ।

दशैँ, दीपावली र छठ पर्वलाई लक्षित गर्दै बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको शनिवार एक कार्यक्रमकाबिच वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् ।

यात्रुहरूले सहायता कक्षमा अपराध, दुर्व्यवहार तथा ट्राफिक सम्बन्धी गुनासोहरू राख्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भास्कर खतिवडाले बताए ।

साथै अन्य ट्राफिक पोस्ट तथा नेपाल प्रहरीका सम्पूर्ण कार्यालयहरूमा समेत यात्रुले सहायता लिन सकिने इन्स्पेक्टर खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ