महोत्तरी, २८ असोज । महोत्तरी जिल्लाको मटिहानीमा बडा दशैको अवसरमा विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै शान्ति कलश यात्रा एवं शोभा यात्राको आयोजना गरेको छ ।
श्री आदर्श दुर्गा पूजा समिति मटिहानीको आयोजनामा दुर्गा मन्दिरबाट निस्केको सो शान्ति शोभा यात्राले मटिहानी र मधवापुरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
शोभा यात्रामा दुर्गा भवानीको ९ वटै प्रतिकको झाँकी, बाजागाजासहित हजारौंको संख्यामा भक्तजनहरु सहभागी रहेका थिए ।
यसैबीच सो शान्ति शोभा यात्राको शुभारम्भ महोत्तरी क्षेत्र नं.३ प्रदेश सभा सदस्यहरु अभिराम शर्मा, रानी शर्मा, मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, महोत्तरी जिल्लाको नि. प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले गरेका थिए ।
तपाईको प्रतिक्रिया