जनकपुरधामको विकासमा प्रदेश सरकार दृढ छ : अर्थमन्त्री यादव

समाचार

जनकपुरधाम, २९ असोज । मधेश प्रदेश सरकारको अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले जनकपुरधामको विकास गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् ।

करिब ४ दशकदेखि निरन्तर जनकपुरधाम उद्योग वाणिज्य संघ धनुषाले मधेश प्रदेशको राजधानी जनकपुरधामको गोपाल धर्मशालाको प्रांगणमा आयोजना गर्दै आइरहेको जनकपुर दशैँ बजार (सस्ता बजार)को उद्घाटन कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रमको सम्बोधन गर्दै मन्त्री यादवले हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधाम रहेको र मधेश प्रदेशको गौरवको विषय समेत रहेको भन्दैँ यसको विकासमा मधेश प्रदेश सरकार दृढ एवं गभ्भीर रहको बताए ।

उनले अगामि पुष÷मंसिर मधेश प्रदेश १ सय ३६ औं स्थानीय तहलाई हरेक तवरबाट विकसित गर्न सरकारले ल्याउन लागेको १०० वटा ‘मधेश प्रदेश ड्रिम’ प्रोजेक्टमा जनकपुरधामका लागि मात्रै १० ‘प्रोजेक्ट लन्च’ गर्ने समेत बताए ।

साथै उनले पछिल्लो समय हल्ला भए जस्तो आर्थिक मन्दी मुलुकमा नरहेको र सुधारोन्मुख समेत रहेको बताएका हुन् ।

समग्र मधेश प्रदेशको विकासका लागि र यो प्रदेश आर्थिक मधेश समेत रहेको हुन्नाले व्यवसायले अघि सारेको हरेक योजनामा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता जाहिर गरे ।

उनले प्रदेश सरकारको हैसियत र उनको क्षेत्राधिकार भित्र पर्ने कार्यक्रममा सरकार व्यवसायीसँग हातेमाले गर्न तयार रहेको बताए ।

जनकपुरधामका प्रतिष्ठित व्यावसायी एवं व्यक्तीहरुको सहभागिता रहेको सो कार्यक्रमको सफलताको शुभकामना समेत मन्त्री यादवले दिएका हुन् ।

 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ