मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण

समाचार

जनकपुरधाम, २९ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवाप्रवाहबारे जानकारी लिएका छन् ।

प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो लिँदै मुख्यमन्त्री यादव सोमबार बिहान त्यहाँ पुगेर सेवाग्राहीसित सेवाप्रवाहबारे जानकारी लिएका हुन् ।

एउटा मात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गरेको गुनासो सुन्दै मुख्यमन्त्री यादवले काउण्टर सम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिए ।

सेवाप्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्, मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई निर्देशन दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याब सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

प्रदेश सरकारको लगानीमा संचालित उक्त प्रयोगशालाले दैनिक सयौ बिरामीको जाँच गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ