वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश विश्व विद्यालयको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।
मधेश विश्व विद्यालयको दोस्रो विश्व विद्यालय सभा वीरगञ्जमा सम्पन्न कार्यक्रममा उनले सो कुरा बताएका हुन् । विश्व विद्यालय सभा बैठकको अध्यक्षता कुलपति एवं मधेश प्रदेशका मुख्यमन्त्री यादवले गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री एवं कुलपति यादवले मधेशको शैक्षिक अवस्था माथि उकास्न मधेश विश्व विद्यालयको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
उनले वीरगन्जमा स्थापित मधेश विश्वविद्यालय गुणस्तरीय शिक्षाका लागि देशकै नमुना विश्व विद्यालयको रुपमा अगाडी बढाउन विश्व विद्यालय परिवारलाई आग्रह गरे ।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवं सहकुलपति महेश प्रसाद यादव, विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्य, रजिस्टार विजय कुमार यादव, मधेश विश्व विद्यालयका डिन कानुन तथा जनप्रशासन संकायका प्रमुख डा.मानबहादुर विके विश्व विद्यालयसम्बन्धी विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
मधेश विश्व विद्यालयको दोस्रो विश्व विद्यालय सभाको बैठकमा पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, मधेश प्रदेश सरकारका प्रमुख सचिव, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, मधेश प्रदेश सरकारका अर्थमन्त्रालयका सचिव, शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव, मध्यपश्चिम विश्व विद्यालयका निवर्तमान उपकुलपति प्राध्यापक डा.उपेन्द्र कुमार कोइराला, मधेशका पूर्व महान्यायाधिवक्ता दिपेन्द्र झा लगायतको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया