१२ केजी गाँजा बरामद

समाचार

मोरङ । जहदा गाउँपालिका–१ झैला चोकबाट अवैध लागूऔषध गाँजा करिब १२ केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ यु २६६७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल र मोटरसाइकलमा रहेको बोरा छोडी फरार भएका थिए ।

प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो । हाल फरार व्यक्तिको प्रहरिले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ