रूपन्देही । तिलोत्तमा नगरपालिका–१ ड्राईभर टोलमा लु.५४ प ५६९३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ मंगलापुर बस्ने २६ वर्षीय सावन थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया