आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

रूपन्देही । शुद्धोधन गाउँपालिका–४ फर्साटिकस्थित गुल्मी घर भएका ३१ वर्षीय बाबुराम भुषालको रेसुङ्गा खाजाघरमा मंगलबार राति आगलागी भएको छ ।

आगलागी हुँदा विभिन्न टेबुल, कुर्ची तथा अन्य सामान समेत गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ