बसको ठक्करबाट एकको मृत्यु

समाचार

रौतहट । जिल्लाको माधवनारायण नगरपालिकामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

माधवनारायण नगरपालिका–७ फूलवरियास्थित सडकमा ना.६ प १४६३ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीय ब्रहमदेव दासको शुक्रबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ