मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

कैलाली । गौरीगंगा नगरपालिका–२ झिलस्थित सडकमा भे.७ प ५३८१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोही नगरपालिका–२ कटान बस्ने ७३ वर्षीया पावनी देवी साउदको शुक्रबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ