भूकम्पपीडितको तत्काल राहत, क्षतिपूर्ति र पुनर्स्थापनाका लागि लोसपाको आग्रह

समाचार

काठमाडौं । जाजरकोट, रुकुम पश्चिम लगायतको जिल्लाहरुका भूकम्पपीडितहरुको तत्काल राहत, क्षतिपूर्ति र पुनर्स्थापनाका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आग्रह गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी शुक्रबार राति ११ः४७ मिनेटमा जाजरकोट जिल्ला रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केल म्याग्निचयुडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतको जिल्लाहरुमा भएको अपूर्णीय मानवीय तथा भौतिक क्षतिले लोसपा नेपाल अत्यन्तै मर्माहत भएको जनाएका छन् ।

‘यस दुःखद घडिमा लोसपा नेपाल मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुको साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

विपदको यस घडीमा घाईतेहरुको खोज तथा उद्धार गरी अविलम्व उपचारको व्यव्स्था मिलाउनुको साथै तत्काल राहत, क्षतिपूर्ति र पूणसर््थापनको लागि नेपाल सरकरसँग लोसपा नेपाल आग्रह गरेको छ ।

यस्तो समयमा नेपाल सरकार, राजनीतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपतिको सामना गर्न लोसपा नेपाल सबैमा अपील गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ