रौतहट । कटहरिया नगरपालिका–५ कटहरिया बस्ने ४० वर्षीया अनिता देबी साहको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो आफ्नै घरको कलमा जडान गरेको मोटरबाट पानी तानी कपडा धुने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गरूडास्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरलिे जनाएको छ ।
तपाईको प्रतिक्रिया