राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्पपीडितलाई

समाचार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्पपीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पीडितहरुको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन् ।

शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ ।

अध्यक्ष तिमिल्सनाले प्रकृतिक बिपत्तीको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्धार र पीडितहरुका लागि राहत तथा पूर्नस्थापनामा जुट्न सबैलाई आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ