मटिहानी नगरपालिकाद्वारा स्प्रे मेसिन वितरण

समाचार

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ७ का कृषकहरुलाई मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले औषधि छर्किने स्प्रे मेंशीन वितरण गरेको छ ।

मटिहानी नगरपालिका वडा नं ७ को वडा स्तरीय योजनाअन्तर्गत सो वडाका ६५ जना कृषकहरुलाई कृषि कार्यमा सहयोग पुग्ने उद्देश्यले सो समाग्री वितरण गरिएको कुरा जनाइएको छ ।

सो अवसरमा बोल्दै प्रमुख मण्डलले वितरण गरिएको सो सामाग्री बाट कृषकहरुलाई कृषि कार्यमा सहयोग पुग्ने बताए ।

मटिहानी नगरपालिका वडा नं ७ का वड़ा अध्यक्ष जीत नारायण माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वड़ा नं.६ का वड़ा अध्यक्ष कलीम अंसारी, वड़ा सदस्यहरु, लोसपाका नगर अध्यक्ष श्याम कुमार मंडल लगायत सो वड़ाका कृषकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ