काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टीको सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेर भूकम्प पीडितको उद्धारका लागि खट्न देशभरका आफ्नो संगठन तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले विज्ञप्ती जारी गर्दै भूकम्पबाट प्रभावित नागरिकहरूको उद्धार गर्दै सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्ने तथा उपचार र राहतको कार्यमा सक्रियता साथ सामेल हुन् कार्यकर्तालाई निर्देशन दिएकी हुन् ।
‘भूकम्पबाट प्रभावित नागरिकहरूलाई तत्कालै सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न, युद्ध स्तरमा उद्धारको कार्य गर्न, घाइतेहरूको उपचार र राहतको कार्यमा सक्रियता साथ सामेल हुन् पार्टीद्वारा पुर्व निर्धारित सम्पुर्ण कार्यक्रमहरु अर्को सूचना नआउन्जेलसम्म तत्काल स्थगित गरि नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेशको सदस्यहरू लगायत देशभरका सम्पूर्ण पार्टी पङ्क्तिका नेता, कार्यकर्तालाई सहयोगमा जुट्न यसै विज्ञप्ति मार्फत निर्देशन दिन चाहन्छु ।’, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया