कर्णाली भूकम्पपीडितको राहत उद्धारका लागि डा.राउतको अपील

समाचार

काठमाडौं । भूकम्पपीडितको राहत र उद्धारका लागि जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले अपील गरेका छन् ।

अध्यक्ष डा.राउतले एक विज्ञप्ति जारी गरी कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको, २०० जनाभन्दा बढी घाइते भएको र भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रति जनमत पार्टी गहिरो दुःख व्यक्त गर्नुका साथै मृतकका परिवारहरूप्रति भावपूर्ण समवेदना व्यक्त गरेका हुन् ।

यस घड़ीमा राहत – उद्धार कार्यमा तदारुकताका साथ लाग्न नेपाल सरकार, गैरसरकारी संघ–संस्थाहरू, नागरिक समाज तथा सम्पूर्ण राजनैतिक दलहरू समेत सबै पक्षलाई उनले आग्रह गरेका छन् ।

‘यस परिस्थितिमा आफ्नो तर्फबाट यस महिनाको तलब पनि राहत उद्धार कार्यको लागि दिने प्रतिबद्धता गर्दै जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूमा समेत आ– आफ्नो तर्फबाट सहयोग गर्न र सके मानवीय उद्धार कार्यमा खटिनका लागि समेत आग्रह गर्दछु ।’ डा.राउतले विज्ञप्तिमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ