भारतद्वारा आपतकालीन राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण

समाचार

काठमाडौं । भारत सरकारले नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ ।

भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्याएको थियो ।

यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो ।

जाजरकोटको भूकम्पले निम्त्याएको यो मुस्किल घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्न भारत तयार रहेको जनाएको छ ।

 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ