आगलागीबाट चार लाखभन्दा बढीको धनमाल जलेर नष्ट

समाचार

रूपन्देही । बुटवल उपमहानगरपालिका–९ इँटाभट्टास्थित मडिराज गौतमको होटल द मिरर इन को पाचौं तलाको कोठामा आगलागी हुँदा चार लाखभन्दा बढीको क्षति भएको छ ।

मंगलबार राति आगलागी हुँदा २ वटा बेडरूम, १ वटा दराज, कुर्ची, टिभि, एसी झ्याल–ढोका र जिपसन पूर्णरुपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ